आज:  | Mon, 06, Jan, 2025

युद्द कालको कलिलो उमेरमा माओवादीबाट आफ्नो बा गुमाएका एक सन्तानको पीडा

२० पुष २०८१, शनिबार १७:२२ मा प्रकाशित ( २ दिन अघि) ८७१२ पटक पढिएको
नारी बाटिका


‘पीडा मा राजनीति’

चितवन २० पुस ।

म एक काङ्ग्रेस को शुभेच्छुक साथै एक साधरण कार्यकर्ता र माओवादी को हिस्रक युद्द मा माओवादी बाट मारिनु भएका गोर्खा काङ्ग्रेस का नेता स्व भैरब राज बिष्ट को छोरा पनि हु । काङ्ग्रेस मा लागेर आफ्नो अभिभावक नै गुमाएको नाताले काङ्ग्रेस को माया लाग्नु स्बभाबिक हो साथसाथै सङठन कमजोर बनेको मा चिन्ता पनि लाग्छ ।

 ‘जुन बेला माओवादी ले हिस्रक युद्द गर्यो त्यो समय काङ्ग्रेस हुनु ,काङ्ग्रेस को राजनीति गर्नु ज्यान हत्केलामा राख्नु सरह थियो । माओवादी ले काङ्ग्रेस कमजोर बनाउने लक्ष्य लिएर युद्दको नाटक मन्चन गरेको थियो। एक क्षेत्र को काङ्ग्रेस नेता को हत्या गरे पछि त्यो क्षेत्र मा काङ्ग्रेस कमजोर बनाउने रणनीति बमोजिम नै मेरा बुबा स्ब भैरब राज बिष्ट को हत्या भएको थियो’ 

बुबा को हत्या पश्चात् उहाँ को हत्या त्रुटि बस भएको भनेर माओवादी का बरिस्ठ नेता ले नै भनेको भन्ने सुनियो अनि लाग्यो ब्यक्ती हत्या जस्तो अपराधिक कार्य त्रुटि भयो भनेर माफी मिल्छ त ? लोकतान्त्रिक दल र लोकतान्त्रिक दल का नेता भन्ने हरु यस्ता अनुत्तरित प्रश्न को उत्तर दिन बाट पन्छियको भेट्छु म ।

माओवादी को त्यो जघन्य अपराध लाई युद्द भन्ने हो भने युद्द मा बिपरित राजनीतिक आस्था राखेको आधारमा घर मा सुतिरहेका निहत्था ब्यक्ती हत्या गर्न पाईन्छ ? , विश्व को कुन राष्ट्र मा निहत्था ब्यक्ती को हत्या लाई युद्द भनिदो रहेछ पुष्टि गर्न सकिन्छ त ? माओवादी बाट हजारौ काङ्ग्रेस का लगायत अन्य दल का साथसाथै हजारौ सर्बसाधरण नागरिक पनि मारिए होला कोहि माओवादी पिडित बनेर कमाउने माध्यम नि बनाए ।

माओवादी पिडित बनेर बिदेश तिर पनि हानिए ,जागिर खाने देखि एनजिओ आईएनजिओ चलाएर पिडित को नाम मा खाने माध्यम पनि बनाए होलान  तर सबै माओवादि पिडित बनेर आफ्ना अभिभावक को हत्या लाई ,आफ्नो पीडा,आशु लाई नगद मा साट्छ्न भन्ने पनि छैन । त्यही नसाट्ने ब्यक्ती हरुको प्रतिनिधि पात्र म पनि रहेको हुँ ।

मलाई रकमी सहयोग ,रोजगार र अन्य सहयोग भन्दा पनि हाम्रा अभिभावक को हत्या गर्ने अपराधी लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम कानुन अनुसार कार्बाही को लागि पहल गरोस् भन्ने अपेक्षा छ। होइन भने यो सत्य निरुपण तथा मेलमिलाप आयोग बन्नु नबन्नु को औचित्य के हो ,अन्तर्राष्ट्रिय समुदाय लाई हामी पिडित लाई न्याय प्रदान गर्न लागेका छौ भनेर ढाट्न मात्र यो आयोग बनाएर यस्को औचित्य के रहन्छ त ?

लोकतान्त्रिक दल ले आफ्ना पिडित नेता तथा कार्यकर्तालाई न्याय दिन नलाग्नु कस्तो लोकतान्त्रिक दल र कस्तो लोकतान्त्रिक नेता भनेर बुझ्ने ?त्यसैले म जस्तै हजारौ पिडित जनको अभिभावक को भुमिका निर्बाह गर्न नेपाली काङ्ग्रेस ले पहल गर्नु पर्छ । आफ्ना अभिभावक ले असल काम गरेनन त्रुटि गरे भने छिमेकी बा लाई आफ्ना बुबा भन्न सकिन्न । त्रुटि गरेको भए सच्चाएर अगाडि बढ्न एक असल सन्तान ले आफ्ना अभिभावक लाई घच्घच्याउन छोड्नु हुन्न ,मैले सोही भुमिका निर्बाह गर्दै आएको छु ।

काङ्ग्रेस मा धेरै ब्यक्ती हरु माओवादीबाट पिडित छ्न , उक्त पीडा आम पिडित जन को मात्र पीडा होइन समग्र काङ्ग्रेस को पीडा हुन पर्थ्यो तर उक्त पीडा समग्र काङ्ग्रेस को पीडा हुन सकेन । बिगत मा स्थानिय निकाय निर्बाचनमा जस्तै गल्ती गर्ने हो ,आफ्नो उम्मेद्बार को उम्मेद्बारि रद्द गरि माओवादी को मेयर लाई मत हाल्न उर्दि गर्ने जस्तै कार्य गर्ने हो भने काङ्ग्रेसको सङठन बन्ला भन्ने मलाई लाग्दैन ।

माओवादीको मेयरलाई मत हाल्ने आफ्ना वडाका उम्मेद्बारलाई मत नहाल्ने जमात लाई बेलैमा सचेत गराउन पर्ने देखिन्छ । सिरानीमा कृयाशिल पत्र राखेर आफ्नै उम्मेद्बारलाई मत नदिने लाई कार्बाही गर्नु पर्दछ । मतपत्र च्यात्दा बिज्ञप्ति निकाल्ने ,देखि झन्डा गास्ने सम्मका घृणित कामले काङ्ग्रेस हुन शिर झुकेको थियो र माओबादीलाई मत दिने काङ्ग्रेस हुनु भन्दा काङ्ग्रेस छोड्न सजिलो भन्ने गरिन्थ्यो ।

त्यस्तो काङ्ग्रेस बनिएन पनि । अबका दिन पनि बिगतका गल्ती कमजोरी सच्चायर काङ्ग्रेस अगाडि बढ्न जरुरी छ । सबै अट्ने काङ्ग्रेस सबै लाई जोड्ने काङ्ग्रेस त भनिन्छ तर काङ्ग्रेस मै लागेर आफ्ना अभिभावक गुमाएको म जस्तो साधरण कार्यकर्तालाई त जोड्न नसक्ने र काङ्ग्रेसमा अट्न नसक्ने हो भने कसलाई जोड्यो होला भनेर बिस्वास गर्ने ?

क्षणिक स्वार्थको लागि काङ्ग्रेसमा लागेकालाई जोडेर , कस्तो काङ्ग्रेस बन्ला ? क्षणिक स्वार्थमा लाएर बिचार नमिल्नेहरु सङ तालमेल गर्ने नगरि दिनुस , किन कि स्वार्थको पिरती टिक्दैन , बिचार मिल्ने निस्ठा मिल्ने सङ तालमेल गर्नुस ,। सङठन निर्माण गर्नुस,संगठन बलियो भए पछि कसैको बैशाखी टेक्न जरुरी पर्दैन । सत्ता स्वार्थको लागि बिचार नमिल्ने, निस्ठा नमिल्ने कसैलाई नबोकि दिनुस तपाईं हरुको गलत कार्यले ईमान्दार कार्यकर्ताको शिर झुक्नु लज्जास्पद भएन र ?

बिमानस्थलमा तपाईंलाई फुल माला लिएर स्बागत गर्ने ,चुल्हो चौका घुमेर टिके पद थाप्ने मात्र तपाईंका कार्यकर्ता होइनन ,दुरदराजमा सक्कली कार्यकर्ता छ्न् । उहाँहरुको भावनामा कुठाराघात नगरि दिनुस ।

तपाईंहरुको गल्तीले ती साधरण कार्यकर्ताको शिर झुक्दा ती दुरदराजका कार्यकर्तालाई कति हिनताबोध भयो होला ?  तपाईंहरु गुटको होइन रुटको काङ्ग्रेस बनाउनुस ।  नातापाता ,आसेपासे मात्रै बनाउने हो भने व्यापार बिजिनेस गर्नुस । होइन भने काङ्ग्रेस तपाईंको घर ,कार्यकर्ता तपाईंका सन्तान  सम्झनुस ,।

नेताका स्वार्थका लागी प्रतिशतको आधारमा भाग खोज्दै गर्दा पाटि संगठन बिग्रदा पनि सोही प्रतिशतको आधारमा जिम्मा लिने नैतिक साहस राख्नुस । होइन भने सबै गुटको काङ्ग्रेस छैनन ,हामी गुट बलियो पाटी कमजोर भएको दलको कार्यकर्ता होइन बिना गुटको शशक्त पाटीको सचेत कार्यकर्ता रहन चाहन्छौ । हत्याहिंसा आतंकलाई लोकतन्त्रको घेरो देखेर तपाईंहरुले रास्ट्रपति ,प्रधानमन्त्री मन्त्री पद त प्राप्त गर्नु भयो यसरी अरुको खुशी लिलाम गरेर प्राप्त गरेको पद ,ईमान निस्ठा भुलेर प्राप्ती गरेको पद ले तपाईं हरुको खुशी टिकाउ हुन्छ भन्ने मलाई लाग्दैन ,।

आफ्ना नेता कार्यक्रताको घाउ तपाईं हरुको घाउ हुन सक्नु पर्थ्यो , त्यो घाउले तपाईंहरुलाई पोल्न पर्थ्यो तर त्यस्तो देखियन । न्याय कानुन आफू अनुकुल व्याख्या गरियको देखियो । त्यसैले देश अस्थिरता तिर गयो । तपाईंहरुको हाल प्राप्त गरेको पद क्षणिक हो। ,त्यसैले क्षणिक पदमा आफ्नो बाद बिर्सजन नगरि दिनुस ,तपाईंहरुलाई कार्यकर्तालाई घाउ लाग्दा नि पोल्ने हुन पर्छ ।

त्यो घाउको मल्हम बन्न सक्नु पर्थ्यो तर त्यस्तो देखियन । हत्याहिंसा आतंकलाई आफु अनुकुल ब्याख्या गरेर बोक्ने तपाईं प्रमुख दलहरुले यो बुझ्न जरुरि छ आतंकको ज्बालाले पोल्ने मात्र होइन खरानि बनाउछ ,। आफ्ना नेता कार्यक्रताको पिडा सत्ता सङ साट्न तपाईंहरुलाई कति लज्जा लागेन ? राजनीति सत्ता प्राप्तीको खेल मात्र बन्यो भने, त्यो राजनीति सिधाान्तच्युत हुन जान्छ ।

कुनै पनि दलका आदर्श वा सिधान्त तबमात्र सम्मानित रहन्छ्न, जब नेतृत्वबाट ब्यबहारिक हिसाबले ती सम्मानित रहन्छन् ।तर हाल राजनीति हो या लाजनिती छुट्टाउन छैन । ,त्यसैले आफ्ना नेता तथा कार्यक्रताको पीडालाई सत्तामा लिलाम गर्ने भुल नेतृत्वले नगरोस् । पीडामा राजनीति होइन पिडित लाई न्याय दिन लाग्नु पर्छ । लोकतान्त्रिक दल ,लोकतान्त्रिक दलको नेतृत्ब पीडा राजनीति गर्ने होइन पिडितको घाउको मल्हम बन्न सक्नु पर्छ ।

                                                                                     बिजय राज बिष्ट भरतपुर चितबन                                                                                                             

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%२%२%

प्रतिक्रिया दिनुहोस