आज:  | Mon, 06, Jan, 2025

आफ्नै भाइबुहारीको हत्या गरी फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ

२० पुष २०८१, शनिबार १५:४६ मा प्रकाशित ( २ दिन अघि) १६४४ पटक पढिएको
नारी बाटिका


रौतहट २० पुस ।

प्रहरीले रौतहटका कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई १६ वर्षपछी नियन्त्रणमा लिन सफल भएको छ। रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं– १ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछी प्रहरीले पक्राउ गरेको हो।

महतो नुनियाले २०६५ साल पुस २४ गते आफ्ना भाइ हरिराम महतो नुनियाकी श्रीमती शारदा देवीलाई हत्या गरी बेपत्ता भएएका थिए। हत्या गरिएको तीन दिनपछि शारदा देवीको शव खेतमा गाडेको अवस्थामा फेला परेको थियो।

सो घटना घटाई महतो फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार, महतोमाथि अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा शुक्रबार उनलाई नियन्त्रणमा लिइएको हो।

े उनलाई अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ। फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानकै क्रममा प्रहरीले पछिल्ला दिनमा एकैदिन ३३ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको थियो।

निकै लामो समयपछि भएपनि प्रहरीले अपराधीको गिरफ्तारीले पीडित परिवारलाई न्यायको आशा पलाएको छ। घटनाको छानविनलाई तीव्रता दिँदै अभियुक्तलाई कानुनी कारबाही गर्न प्रहरीले सक्रिएता देखाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस