आज:  | Mon, 06, Jan, 2025

कुनै उपचार वा खोप नभएको चीनमा फेरी कोरोना जस्तै प्रजातीको नयाँ भाइरस

२० पुष २०८१, शनिबार १३:३१ मा प्रकाशित ( २ दिन अघि) १७९९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० पुस ।

छिमेकी राष्ट्र चीनमा हालसम्म कुनै उपचार वा खोप नभएको  कोरोना भाइरस जस्तै देखिने नयाँ भाइरस भेटिएको छ। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार अर्को नयाँ भाइरसको नाम ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) रहेको र यो आरएनए भाइरस भएको जनाइएको छ।

यस नयाँ भाइरसको संक्रमित भएका बिरामीहरुमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिएको चिकित्सकहरुले बताएका छन्। ठुुला मानिसलाई भन्दापनि यस भाइरसको सबै भन्दा बढी असर साना बालबालिकामा देखिएको सिडिसीले जनाएको छ।

सिडिसीका अनुसार गत २०२४ को अन्तिम साता सम्मको तथ्याङ्कले यसका संक्रमित बढ्दै गएका छन्। जसमा ३०.२ प्रतिशत परीक्षणहरू फ्लु पोजिटिभ आएका छन्। यो दर अघिल्लो साताको तुलनामा ६.२ प्रतिशतले बढेको हो। यो भाइरस, गम्भीर श्वासप्रश्वासको समस्याबाट पीडित १७.७ प्रतिशत बिरामीमा फ्लु पोजिटिभ पाइएको हो।

, तथ्यले देखाए अनुसार एचएमपीभी अन्य फ्लु जस्ता रोगहरू (जस्तै, कोभिड(१९, राइनो भाइरस, एडेनोभाइरस) भन्दा अगाडि रहेको छ। चीनमा ६.२ प्रतिशत श्वासप्रश्वास सम्बन्धी परीक्षण गर्दा एचएमपिभी पोजिटिभ पाइएको छ । त्यस्तै ५.४ प्रतिशत अस्पताल भर्ना भएका बिरामीहरु नयाँ भाइरसको सक्रमण रहेको सिडिसीले जनाएको छ।

यस भाइरसको लक्षण र रोकथामका उपायहरु

एचएमपिभी भाइरसका लक्षणहरूमा खोकी, ज्वरो, टाउको दुखाइ, नाक बन्द हुने वा सिँगान बग्ने समस्या देखिन्छन्। यसको सक्रमणबाट गम्भीर अवस्थाका बिरामीलाई श्वास फेर्न कठिनाइ, ब्रोङ्काइटिस (फोक्सोको हावानलि सुनिने समस्या) वा निमोनिया गराउन सक्ने चिकित्सकको भनाई छ ।

स्वास्थ्य विज्ञका अनुसार यस रोगको रोकथामका लागि साबुन पानीले नियमित रूपमा हात धुने,अनुहार नछुने, बिरामीसँग नजिकको सम्पर्क नगर्ने र बिरामी भएको अवस्थामा घरमै आराम गर्ने सुझाव दिइएको छ।

साथै यस नयाँ प्रजातिको भाइरस(एचएमपिभी)को प्रकोपले महामारी निम्त्याउन सक्ने एचएमपिभीको लागि हालसम्म कुनै विशिष्ट उपचार वा खोप उपलब्ध छैन। स‌ङ्क्रमित व्यक्तिलाई फ्लु जस्तै उपचार गर्न सिफारिश गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस