आज:  | Sun, 05, Jan, 2025

स्वास्थ्य बिमा सुधारका लागी गठित समितिले प्रतिवेदन बुझायो

१९ पुष २०८१, शुक्रबार १६:५७ मा प्रकाशित ( २ दिन अघि) २०१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९ पुस ।

स्वास्थ्य बीमा क्षेत्रमा सुधार गर्नका लागि गठित समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई पेश गरेको छ।आज मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक शम्भु आचार्यले समितिले तयार गरेको प्रतिवेदन हस्तान्तरण गरिएको हो।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त समितिले स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउन व्यवस्थापनमा सुधार गर्नु पर्ने राय तथा सिफारिससहित प्रतिवेदन तयार गरेको थियो।

स्वास्थ्य मन्त्री पौडेलले समितिले प्रतिवेदन मार्फत दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यन्वयनका लागि उहाँले प्रतिवेदनले दिएका सुझाव तथा रायलाई कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने धारणा व्यक्त गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस