आज:  | Sun, 05, Jan, 2025

भाइरल बाल कलाकार सचिनलाई प्रयोग गरी लाखौं कमाए,तर अन्तिम क्षणमा सहयोग गर्ने कोही भएनन्

१९ पुष २०८१, शुक्रबार १५:०२ मा प्रकाशित ( २ दिन अघि) २०७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९  पुस ।

भाइरल बाल कलाकार सचिन परियारको दुखद निधन भएको छ । सचिनलाई प्रयोग गरी केही व्यक्तिले लाखौं लाख कमाई गरे तर अन्तिममा परियारको जिवन मृत्युको मुखमा पुग्दा उनलाई सहयोग गर्ने कोही भएनन्। कसैको फाइदाका लागी जीवनको मूल्य सचिनले चुकाएर गएका छन् । केही युटुबरहरुले सचिनको गीत र अन्तरवार्ताबाट लाखौँ डलर कमाउने युट्युबरले उपचारमा एक रुपैयाँ पनि खर्च गरेनन्, बरु उनकै नाम बेचेर चन्दा उठाएर खाए ।

जब सचिनले संसार छोडे, तिनै युट्युबर अस्पतालदेखि आर्यघाटसम्म ‘लाइभ’ गरेर डलर कमाउनमै मस्त देखिए । मान्छेको मृत्युमा पनि उनीहरूले केवल ‘कन्टेन्ट’ र ‘डलर’ कै हिसाब किताव गरिरहेका भेटियो । भाइरल बालगायक सचिन परियार, जसले आफ्नो बाल्यकालमै असाधारण प्रतिभा प्रस्तुत गरेर लाखौँ नेपालीको मन जितेका थिए । तर आज यो संसारमा उनी रहेनन् ।

सचिनको जीवनको मृत्युको क्षण मात्रै दुःखद् भएन त्यसअघि उनले अस्पतालको शैयामा बिताएका दिनहरू अझै पीडादायी थियो । सचिनले आफ्नो गायन र मिठो तथा फरक शैलीमा बोल्ने र सामाजिक सञ्जालमा धेरैको मन जितेका थिए । तर १३औं वसन्तको कलिलो उमेरमै जीवनमा यो संन्सारमा रमाउने ढोकामा पर्दा लागिदियो ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा उनले अन्तिम पल बिताएका थिए । रोगले थलिएका सचिन पटक–पटक अस्पताल भर्ना हुने गर्थे ।तर आर्थिक अभाव कै कारण उनको उपचार कहिल्यै पूर्ण र प्रभावकारी हुन सकेन । पैसा नभएपछि उनलाई अस्पतालबाट घर फर्काउने गरिन्थ्यो ।

दुई वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो, जतिबेला उनी भाइरलकै शिखरमा रहेर पनि उनको नाम बेचेर केही युटुबरले लाखौं डलरमा कमाई गरे । तर सचिन कै उपचारमा त्यो सहयोग एक रुपयाँपनि खर्च हुन पाएन । उनका बुवा तेजेन्द्र परियारले छोराको उपचार खर्च भन्दै सामाजिक सञ्जालमार्फत निकै सहयोग जुटाएका थिए ।

देशविदेशबाट उनको उपचारको लागि लाखौं रकम उठेर पनि सङ्कलित रकमले उपचारमा खर्च गर्नुको सट्टा पैसा उठाउने युट्युबर व्यवस्थापनले ती रकम हिनामिना गरेका विषय बाहिर आइरहन्थ्यो । सचिनको उमेर अनुसार शारीरिक वृद्धि विकास थिएन । जनको कारण, गम्भीर रोगको सिकार बनेका थिए । मस्तिष्कमा पानी जम्ने समस्या थियो ।

चिकित्सकका अनुसार उनलाई डाइबिटिज इन्सिपिडसको भएको थियो । त्यो भनेको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्थ्यो । स्वार्थी युट्युबर, चन्दा हिनामिना गर्ने मध्यस्थकर्ता र आफ्नै बुबाको गैरजिम्मेवारीका कारण उपचारबाट सचिन वञ्चित भएका थिए । अन्ततः बाँच्न सक्ने सम्भावना हुँदाहुँदै पनि उनलाई बाल्यकालमै धर्ती छाड्न विवश बनाइयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस