आज:  | Sat, 04, Jan, 2025

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि जाहेरवालाको बहस हुने

१८ पुष २०८१, बिहीबार ०९:२१ मा प्रकाशित ( २ दिन अघि) १७३७ पटक पढिएको
नारी बाटिका


पोखरा १८ पुस ।

रवि मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा आजदेखि जाहेरवालाको तर्फबाट बहस हुने भएको छ । रवीसंग लिने बुधबार सरकारी वकिलको तर्फबाट बहस सकिएकोमा आजदेखि हाम्रो बचत ठगी भयो भनेर जाहेरी दिएकावालाहरुको बहस सुरु हुन लागेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

निज जाहेरवालाको बहस सकिएपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मङ्गलबारदेखि सरकारी वकिलको थुनछेक बहस भएको थियो ।

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन् । यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरेका थिए ।

सहकारीको रकम हिनामिना प्रकरण बारे आरोपित र जाहेरीवाला दुबै पक्षको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । यसपछि मात्रै प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने वा थुनाबाहिर राखेर गर्ने भन्नेमा अदालतबाट आदेश आउनेछ ।

सूर्यदर्शन सहकारी ठगी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्तिहरुलाई आरोप लागेको छ । सो प्रकरणमा रवी लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल,एमालेकी पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसहित विभिन्न व्यक्ति र सोही संस्थाका ४४ जना प्रतिवादी छन् । लामिछानेविरुद्ध सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका रवीलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस