आज:  | Sat, 04, Jan, 2025

प्रहरी इन्सपेक्टरको नै यात्रुवाहक बसले किचेर मृत्यु भयो

१७ पुष २०८१, बुधबार ०९:३५ मा प्रकाशित ( २ दिन अघि) ९९३ पटक पढिएको
नारी बाटिका


सर्लाही १७ पुस ।

सर्लाहीमा यात्रुवाहक बसले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।

मंगलबार राति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा यात्रुवाहक बसले किचेर ड्युटीमा रहेका इन्सपेक्टर विजयकुमार तुलाधरको मृत्यु भएको हो ।

सडकमा गुडीरहेको यात्रुवाहक बस आफै अनियन्त्रित भएर पल्टिएर किचेपछी प्रहरी इन्सपेक्टर तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

तुलाधरलाई बसले किचेर गम्भीर घाइते भएपछी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालमा उपचार कै क्रममा उनलाई चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस