आज:  | Thu, 02, Jan, 2025

क्यान्सरविरूद्धको थप ५ लाख मात्रा एचपिभी खोप ल्याइयो

१५ पुष २०८१, सोमबार १६:५५ मा प्रकाशित ( ३ दिन अघि) १५५१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १५ पुस ।

किशोरीको लागी पाठेघरको मुखको क्यान्सर ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी)विरूद्धको थप ५ लाख मात्रा खोप ल्याइएको छ। आइतवार ४ लाख ९६ हजार २८० मात्रा खोप ल्याइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले बताएका छन्।

सरकारले यसअघि पनि दुईपटक एचभिपी खोप ल्याइसकेको छ। उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ। यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा नै पठाइने निर्देशक रायमाझीले जानकारी दिए।

‘भ्याक्सिन र ‘एचपिभी’ खोपका लागि ग्लोबल लायन्स’ (गाभी)को सहयोगमा चीनबाट ल्याइएको हो। सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्ने भएको छ।

सबै वर्गका किशोरीको पहँुच पुगोस भन्ने उदेस्यले १५ दिनसम्म चल्ने अभियानमा कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन्।

गौतम अनुसार १७ लाख ७० हजार मात्रा खोप गाभीले नेपाललाई उपलब्ध गराउनेछ । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसविरूद्ध खोप लगाउनु पर्ने हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस