आज:  | Thu, 02, Jan, 2025

आज पुस १५ का दिन विभिन्न परिकार खाएर मनाइँदै

१५ पुष २०८१, सोमबार ०८:०६ मा प्रकाशित ( ३ दिन अघि) १७०६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १५ पुस ।

आज पुस १५ का दिन घिउ–तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाएर यो पर्व मनाईँदैछ ।

नेपालीले अघिपछी खाईने घिउ हालेर बनाईँएको खाना भन्दा आज घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ। यसले हाम्रो शरीरमा प्रदान गर्ने ऊर्जासँगै तापसमेत दिने धार्मिक तथा जनविश्वास रहेको छ।

विशेषगरी नेपालको सुदूरपश्चिम प्रदेशमा आज घिउ र तेलमा बनाइएको विभिन्न परिकार खाएर पुस १५ लाई रमाईलो संग मनाइँने गरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुलको साथमा खानाका मिठा परिकार बनाएर खाने प्रचलन छ।

कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फुर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ। पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको हो।

आजको दिन वनभोज जाने चलन पनि छ। पुस १५ गतेको रातलाई वर्षभरिकै सबैभन्दा लामो रात पनि मानिन्छ। पुस १५ गतेपछि दिन बिस्तारै लम्बिँदै जाने जनविश्वास छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस