आज:  | Sat, 28, Dec, 2024

कास्की अदालतमा सकियो रवि लामिछानेको बयान

१३ पुष २०८१, शनिबार ०३:३२ मा प्रकाशित ( १७ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


पोखरा १३ पुस।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आरोप लागेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिनसम्म बयान लिएको हो ।

बिहीबारदेखि उनी माथि बयान सुरु भएकोमा शुक्रवार सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयन भएको थियो ।

उक्त सहकारी प्रकरणमा कात्तिक २ मा पक्राउ परी गत साता मात्रै अदालतमा मुद्धा दायर भएको लामिछानेसँगै अहिलेसम्म पूर्व डीआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस