आज:  | Wed, 25, Dec, 2024

धादिङकी करातेकी कुशल खेलाडी एरिकासहित प्रशिक्षक सम्मानित

१० पुष २०८१, बुधबार ०६:४८ मा प्रकाशित ( १२ घण्टा अघि) १६७५ पटक पढिएको
नारी बाटिका


धादिङ १० पुस ।

धादिङकी करातेको कुसल खेलाडी एरिका सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीबाट सम्मानित भएकी छिन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा मगलबार एरिका सहित प्रशिक्षकलाई पनि सम्मान गरिएको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले दोसल्ला र प्रशंसा पत्रसहित एरिकालाई सम्मान गरेका थिए।

एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियन सिपसहित समग्रमा ६ अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन्। विश्व च्याम्पियन सिपबाहेक एरिकाले ५ अन्तरराष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण पदक,३ रजत र एक कांस्य पदक गरी ८ पदक जितेकी छन्।

सबै प्रतियोगितामा पदक जित्न सफल भएकी एरिकाको प्रशिक्षक भने कुसल नै थिए। कुशल १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता पनि हुन्।

ललितपुर महानगर प्रमुख महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई संवोधन गर्र्दै विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकामा खुसी व्यक्त गर्दै खेल क्षेत्र अन्तरराष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्वपूर्ण माध्यम भएको बताउनु भयो।

संस्थापक प्रिन्सिपल ढुङ्गानाले नेपालमा पनि विस्तारै खेलकुदमा लागेर जीविकोपार्जन गर्नसक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस