आज:  | Mon, 23, Dec, 2024

विमान दुर्घटना हुंदा एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

८ पुष २०८१, सोमबार १०:३३ मा प्रकाशित ( ४ घण्टा अघि) १८३० पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

ब्राजिलको ग्रामाडो शहरमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

साथै सोही दुर्घटनामा परी १७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । एजेन्सीका अनुसार निजी विमान दुर्घटना भएकाले मृत्यु हुनेहरु सबै एकै परिवारका सदस्य रहेका बीबीसी हिन्दीको समचारले बताएको छ ।

उक्त विमान आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए । आफ्नै विमान दुर्घटनामा पाईलट लुइससँगै उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो ।

घटना बारे उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको समाचारमा उल्लेख छ । सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर तथा पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा सो क्षेत्रका भवनहरु पनि क्षतिग्रस्त भएको छ ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी लुइस आफ्नो परिवारलाई भ्रमणमा लिएर जाँदै थिए । विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस