आज:  | Sat, 21, Dec, 2024

रवि विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाइयो,अब के हुन्छ ?

५ पुष २०८१, शुक्रबार १४:३५ मा प्रकाशित ( १ दिन अघि) १२४१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ पुस।

प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकी सो को प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछाने र प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत पाँच जना प्रतिवादी रहेको मुद्दाको फाइल आज बुझाइएको हो ।

अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यलयमा बझाएलगतै यसपछि प्रक्रिया के हुन्छ ? पाँच जना प्रतिवादी छन् । तर रवि कहिले छुट्छन् ? वा जेल जान सक्ने सम्भावना छ वा धरौटीमा वा तारेखमा छुट्लान् ? भनेर धेरैको ध्यान केन्द्रीत भैईरहेको छ ।

पाँचजनाविरुद्धको मुद्धामा तर धेरै चासो रवीको मुद्दाबारे छ ? यो पुरै पाठ पढौं

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन तयार गरेको छ ।

कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको हो ।

१.सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको प्रहरीको दाबी छ । यस्तोमा उनी ठगीमा संलग्न रहेको पुष्टि हुने पर्याप्त आधारहरू भेटिएको प्रहरीको दावी छ ।

२.प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका मानिएको छ ।

३.प्रहरीका अनुसार गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । अनुसनधान कै क्रममा उनका तत्कालीन साझेदार प्रहरीका पूर्वडीआईजी जोशीलाई पनि जिम्मेवार बनाउनुपर्ने भनिएको थियो ।

रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ । प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन बुझाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस