आज:  | Sat, 21, Dec, 2024

पार्टी एकताका विषयमा माधव र वामदेवबीच २ घण्टा लामो भेटवार्ता

५ पुष २०८१, शुक्रबार ०४:२४ मा प्रकाशित ( १ दिन अघि) १७९९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ पुस ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘वामदेव गौतमबीच २ घण्टा लामो भेटवार्ता भएको छ।

पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक समेत रहनु भएका गौतम र समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बिचमा गौतम निवास भैँसेपाटीमा बिहिबार बेलुकी भएको भेटवार्तामा करिब दुई घण्टा लामो छलफल भएको गौतमको सचिवालयले जनाएको छ।

यसै मङ्गलवार बसेको एकीकृत समाजवादी स्थायी समितिको केन्द्रीय बैठकले एमालेका पूर्वउपाध्यक्ष भइसकेका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो। सो अनुसार यसै भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरुबीच कुराकानी भएको हो ।

एकीकृत समाजवादी बैठकको यस उक्त निर्णय सार्वजनिक भएलगत्तै गौतमले आफू एकीकृत समाजवादीमा बुहारी भित्रिएझैँ नभित्रिने प्रतिक्रिया दिएका थिए। बिहिबारको भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिटै एकता गर्नेबारेमा सकरात्मक छलफल भएको स्रोतले जनाएको छ।

सो भेटमा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्की पनि सहभागी भएका थिए।

नेता वामदेव गौतम पाँच वर्ष अघि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको काम र व्यावहारप्रति रुष्ट भएर अलग भएका हुन्। गौतमले पुष्पकमल दाहाल (प्रचण्ड)सँगको सहकार्यमा गठित नेकपा फुटाउनमा ओलीको हात रहेको आरोप लगाएपछि एमालेमा फर्कने चाहना तत्काल सम्भव थिएन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस