आज:  | Sun, 22, Dec, 2024

हिरासतमा सुतिरहेको रवीको फोटो मैले खोचेको हो,गल्ती भयो डा.भुसाल

४ पुष २०८१, बिहीबार १३:५५ मा प्रकाशित ( २ दिन अघि) २४१९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ पुस ।

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेको सुतिरहेको फोटो यतिवेला निकै चर्चाको विषय बनेको छ । बुधबार साँझ सार्वजनिक भएको उक्त फोटोको बारेमा निकै टिका टिप्पणी भइरहँदा उक्त फोटो मैले खिचेको हो भनेर डा.निकोलस भुसालले माफी मागेका छन् । रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका हुन् ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताउँदै गल्ति भयो भनेर दुई हात जोडेर माफी पनि मागेका छन् ।

भुसालले भनेका छन् “यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,” उनले फेसबुकमा भनेका छन् ।

यता प्रहरीले भने उक्त तस्बिर खिच्ने व्यक्ति खोजिरहेको बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस