आज:  | Wed, 05, Feb, 2025

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउने

३ पुष २०८१, बुधबार १०:३३ मा प्रकाशित ( १ महिना अघि) ३०३९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ पुस ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ ।

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल,मेडिकल कलेज र सबै सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गरी नर्सको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन्।

धेरै पहिलादेखी नै नेपाली नर्सहरुले आफ्नो योग्यता अनुसारको सुविधा नपाईरहेको अवस्था छ । यो गुनासा लामो समयदेखी आईरहेको भएतापनि जुन स्वास्यमन्त्री आएपनि यसलाई सुने नसुनै गरेर टार्ने गरेका थिए । विशेषगरी पछिल्लो समयमा प्रदिप पौडेल स्वास्थ्यमन्त्री बनि सकेपछी नागरिकका स्वास्य क्षेत्र र स्वास्थ्यकर्मीको हितमा निकै चासो राख्दै आएका देखिन्छ । यसै सन्धर्वमा नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख पाण्डेले बताएका छन्।

यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको नियमन महाशाखाले जनाएको छ। स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइने जस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ ।

यस्तै कर्मचारीले कार्य गरिसकेपछि अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत मन्त्रालयले परिपत्र गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस