आज:  | Mon, 30, Dec, 2024

रवी पत्नी निकिताको गुनासो,४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु

२ पुष २०८१, मंगलवार १३:११ मा प्रकाशित ( १ हफ्ता अघि) १४८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ पुस ।

रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेलले श्रीमान प्रहरी हिरासतमा भएको बेला आफूमाथि मिडियाले ‘पुरुषार्थ’देखाएको गुनासो गरेकी छन् ।

निकिताको गुनासो,रहेको छ, ४ करोडमा किनेको घरको किस्ता आजसम्म पनि तिर्दै छु । तर आफ्नो बैङ्क खाताबारे मिडियाले अफवाह फैलाउँदै देखाएको ‘पुरुषार्थ’अगाडि समाजसमेत मुकदर्शक बनेको उनको गुनासो छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘खाता मेरो हो । यति,उति पैसा छ भनेर मिडियाले आ-आफैं अनुमान लगाउनु भन्दा पहिला मलाई सोधेको भए बताइ दिन्थे नि ? मेरो श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

यसैगरी आफ्नो श्रीमान् लामिछाने अनुसन्धानमा रहेको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको उनले बताइन् । आफुले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएको बताएकी छन् ।

त्यस्तै निकिताले थप लेखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न । मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस