आज:  | Sun, 05, Jan, 2025

रविलाई २७ करोड८९ लाखको बिगोसहित सहकारी ठगीमा ६ वर्ष कैद माग दावी

२ पुष २०८१, मंगलवार ०४:५३ मा प्रकाशित ( २ हफ्ता अघि) २६०५ पटक पढिएको
नारी बाटिका


पोखरा २ पुस ।

रास्वपा सभापती रवी लामिछानेलाई २७ करोड८९ लाखको बिगोसहित सहकारी ठगीमा ६ वर्ष कैद सजायको माग दावीसहित सरकारी वकिललाई प्रतिवेदन बुझाइएको छ । उनीसंगैपोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहितको ६०० पृष्टको लामो अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले सरकारी वकिललाई बुझाएको छ।

जसमध्य ३७ जना आरोपितहरु फरार छन् भने १४ जना मात्रै पक्राउ परेका उल्लेख गरिएको छ । सबै ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबीसहित थुनामा राख्न माग गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्त शर्माले जानकारी दिनु भयो।

प्रहरीका अनुसार रुविसँग मात्रै २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई दिइएको हो। लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनु पर्ने र बिगो असुल गर्नुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले बुझाएको छ।

प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्मको कैद सजाय हुनुपर्ने पनि राय दिएको छ। सहकारी ऐन, २०७४ को दफा १२२२ को उपदफा (छ), (ढ) र (त) विपरीत कसुर गरेको अनुसन्धानले देखिएकोले सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ)को (४) (ङ)बमोजिम ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको हो।

अबे सो प्रतिवेदन अध्ययन गरेपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ। यो मुद्दामा प्रहरीसँग ९० दिनसम्म अनुसन्धान गर्ने हदम्याद भएकाले चार दिन अघि नै प्रतिवेदन बुझाइएको कास्की प्रहरीले बुझाएको छ ।

तर सरकारी वकिललाई यो अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएकोले प्रहरीले भोलि ४ दिनको म्याद थपका लागि रवि र छविलाई अदालतमा पेश गर्ने तयारी गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस