आज:  | Sun, 20, Apr, 2025

रविविरुद्ध अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने तयारी

१ पुष २०८१, सोमबार ०६:३८ मा प्रकाशित ( ४ महिना अघि) ३६५९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ पुस।

दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेमाथी सहकारी ठगीको अनुसन्धान सकी प्रतिवेदन पनि तयार भएको छ । ५ जिल्लामा बयान लिई अनुसन्धानबाट सम्पन्न गरी लामिछानेमाथी सम्पत्ति शुद्धीकरण,सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले आज(सोमबार )प्रतिवेदनलाई आज सरकारी वकिललाई बुझाउने तयारी गरिएको हो ।

सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने प्रहरीको उच्च स्रोतले बताएको छ । कास्की जिल्ला प्रहरीले हिरासतमा राखी सो अन्तर्रगतको मुद्दा फाँटले प्रतिवेदन तयार गर्ने काम गरिरहेको बताएको छ ।

प्रहरी स्रोतका अनुसार ‘सहकारी ठगी, ‘सम्पत्ति शुद्धीकरण तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन लेख्ने काम भएको छ ।’ यसपछी सरकारी वकिल कार्यालयले प्रतिवेदनमाथी अध्ययन गरेर जिल्ला अदालतमा पेस गर्ने नियम छ । अहिले अनुसन्धान सकेर प्रतिवेदन तयार गर्ने काम कास्की प्रहरीले गरेको हो ।

उक्त प्रतिवेदनलाई अध्ययन गरी सरकारी वकिल कार्यालयले भने पुस ५ गते कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्ने छ । हिरासतमा राखेर अनुसन्धानको समय भने एक दिन मात्रै बाँकी छ । यसबीचमा फेरि चार दिन म्याद थपिने सम्भावना छ । तर यो विषय भने अदालतले निर्धारण गर्ने छ ।

कास्की प्रहरीले हिरासतमा लिएपछि अनुसन्धानका क्रममा उनलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्‍याएर बयान लिएको थियो । पहिला नेपाल प्रहरीका पुर्व उच्च अधिकृतमा रहेका छवि पक्राउ परेपछी करिव ३ सातापछी रवी पक्राउ परेका थिए । तर, जोशी पक्राउ परेको दिनबाटै रविको पनि म्याद मिलान गरिएको छ ।

सम्पत्ति शुद्धिकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने व्यवस्था छ । यसकै आधारमा छवि,रवि र अन्य तीनजना लीला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ विरुद्ध पनि पुस ५ भित्रै कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुन सक्ने अवस्था छ ।

यसअघि सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको थियो ।

६५ करोड ५४ लाख कम्पनीमा ल्याइएको थियो
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक रवि थिए । करिब ५० हजार सर्वसाधारणले बचत गरेको रकम सारिएको थियो ।

रविले गोर्खा मिडियामा १५ प्रतिशत ‘स्वेट सेयर’ लिएर प्रवेश गरेको र निस्कँदा त्यो सेयर कम्पनीलाई नै फिर्ता गरेको दाबी गरेका थिए ।

तर, यो रकम ‘स्वेट सेयर’ नभई सहकारीको रकम भएको र उनी कम्पनीबाट बाहिरिने क्रममा पैसा लिन बुझाएका कागजातमा पनि किर्ते गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सङ्गठित तवरले किर्तेसमेत गरी सहकारी ठगी गरेको र त्यस्तो रकमबाटै गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनको कानुन अनुसार कारबाही हुने विषय प्रतिवेदनमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस