आज:  | Wed, 29, Jan, 2025

निकिताको खातामा साढे २१ करोड,रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानविन सुरु

२९ मंसिर २०८१, शनिबार १३:३५ मा प्रकाशित ( १ महिना अघि) ३७५२ पटक पढिएको
नारी बाटिका


‎पोखरा  २९ मंसिर ।

आफु गृहमन्त्री छँदा पाँच लाख ५८ हजार रकम सार्वजनिक गरेका रवि लामिछानेले हालको अनुसन्धानमा करिव साँडे २१ करोड रकम भेटिएको । गत जेठमा उनी गृह्रमन्त्री रहँदा सम्पत्ती शुद्धीकरणमा हिसाव बुझाउँदा पाँच लाख ५८ हजारको हिसाव बुझाएका थिए ।

तर अहिले प्रहरीले अनुसन्धानबाट खोजी हुँदा करोडौँ करोड रुपैयाँ बैंकमा मौजात रहेको देखिएको हो । उक्त रकम लामिछानेकी पत्नी निखिताको दुईवटा बैंक खातामा छानविन गर्दा साँडे २१ करोड रकम भेटिएको कास्की प्रहरीले जनाएको छ ।,

गत कात्तिक २ गतेदेखी सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अहिले अनुसन्धान जारी छ ।

सङ्गठित अपराधमा समेत आरोप लागेका रास्वपाका सभापति लामिछानेविरुद्ध अनुसन्धान भइरहेको र उनीमाथि सम्पत्ति शुद्धीकरणमा बलिया प्रमाण फेला परेको अनुसन्धान अधिकारीहरूले बताएका छन् । रवि र उनकी हालकी पत्नी निकिताको खातामा झन्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको कास्की प्रहरीले जनाएको छ ।

निकिताको खातामा भने कोरोना महामारीपछि ठुलो रकम दाखिला भएको देखिएको प्रहरीको दावी छ । स्रोतका अनुसार उनीहरु दम्पतीको खातामा ४ वर्षमा ठुलो कारोबार भेटिएको बताएको छ । ‘ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको हो ।’

यति ठुलो परिमाणमा रकम कहाँबाट आयो र कहाँ गयो भन्ने तथ्य रविले बताउन सकेका छैनन् । गत जेठमा उपप्रधान एवं गृहमन्त्री हुंदा उनले दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ र पत्नी निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजार रकम रहेको सार्वजनिक गरेका थिए । तर, हाल उनीमाथी छानविन हुँदा करोडौँको रकम बैंकमा मौजात रहेको देखिएको हो ।

स्रोतले भन्यो, ‘उनले पहिला बुझाएको सम्पत्ति विवरण र अहिले भेटिएको सम्पत्तिमा धेरै ठूलो अन्तर छ । यो सम्पत्तिको स्रोत देखाउन सकेनन् भने उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर्ने निश्चित छ ।’ कास्की प्रहरीले जिल्ला सरकारी वकिल मार्फत पुस ५ गते शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

अर्को तर्फ रविले हालकी पत्नी निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको प्रमाण प्रहरीले पाएको छ । गोरखा मिडियाबाटै रविले ससुरा उद्धव पौडेलको स्वामित्वमा रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको भेटिएको अनुसन्धानबाट खुलेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस