आज:  | Wed, 29, Jan, 2025

पत्रकार महाँसंघको केन्द्रदेखी जिल्लासम्म सत्तारुढ दलनिकट पत्रकारहरु विजयी हुने संकेत

२९ मंसिर २०८१, शनिबार ०६:१८ मा प्रकाशित ( १ महिना अघि) ३२८७ पटक पढिएको
नारी बाटिका


उदयपुर २९ मंसिर ।

उदयपुरमा सत्तारुढ दलका निकट तथा गठबन्धनका प्यानलै आएका छन् ।

सदस्य विवादमा लामो समय अल्झिएको नेपाल पत्रकार महासंघको सुक्रबार सम्पन्न निर्वाचनमा केन्द्रदेखी जिल्ला तहसम्म सत्तारुढ दलनिकट पत्रकारहरु विजयी वजयी हुने संकेत देखिएको छ । जसमध्य उदयपुर शाखाको शुक्रबार भएको निर्वाचनमा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको हो ।

प्राप्त मतपरिणाम अनुसार अध्यक्ष पदमा संयुक्त प्यानलका उमेदवार भक्तिविलास पोखरेलले ६० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी भोटराज राईले ४२ मत प्राप्त गरेका थिए।

यस्तै समावेशी उपाध्यक्ष पदमा महिला तर्फको रेवती पराजुली, उपाध्यक्ष विश्वराज तामाङ निर्विरोध भएका थिए । त्यसैगरी सचिवमा तुलसी कोइराला विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी ऋषि बहादुर राईले ३३ मत पाएका थिए । यस्तै कोषध्इामा स।युक्त प्यानलका उमेदवार पुरुषोत्तम सापकोटा लगायत सबै सत्तारुढ दल निकट पत्रकारहरु विजयी भएका छन्

उदयपुरमा जम्मा ११० जना मतदाता रहेकोमा १०४ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस