आज:  | Wed, 29, Jan, 2025

चीनको भ्रमण सफलतापुर्वक भएसंगै भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली

२९ मंसिर २०८१, शनिबार ०४:०२ मा प्रकाशित ( १ महिना अघि) २७६० पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ मंसिर ।

प्रधानमन्त्री ओलीको चीनको चारदिने भ्रमण सफलतापुर्वक सम्पन्न भएसंगै अब भारत भ्रमणको तयारीमा जुट्नुु भएको छ । प्रधानमन्त्री ओलीलाई हालसम्म पनि भारतबाट भ्रमणको निमन्त्रणा नआएको कारणले ओली चीनको चार दिने औपचारिक भ्रमणमा निस्किएका थिए । उक्त भ्रमणबाट २० मंसिरमा स्वदेश फर्केलगत्तै उहाँले भारत भ्रमणको संकेत देखाउनु भएको हा ।

यही मंसिर २ण् मा चीनको चारदिने भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा जुटेका हुन् । परराष्ट्रमन्त्रालयका स्रोतका अनुसार प्रधानमन्त्रीले आगमी पुसमा भ्रमणको तयारीमा जुटेता पनि भारतीय पक्षको ग्रीन सिग्नल कुरिरहेका छन् ।

हालसम्म भारतले भ्रमणको लागी निमन्त्रणा नदिएपछि प्रधानमन्त्री ओलीले चीनलाई प्राथमिकतामा राखेका थिए । अब भने ओलीनिकट नेताहरु भारतलाई मनाउन कसरत गरिरहेका छन् । तर, निमन्त्रणा नआएको कारणले उनी चीनको चार दिने औपचारिक भ्रमणमा जानु भएको थियो ।

भारतलाई मनाउन ओलीको तयारी

प्रधानमन्त्रीको भ्रमण तयारीका लागी भारतलाई खुशी पारी सहज बनाउन परराष्ट्रमन्त्री डा.आरजु राणा (देउवा) पुस ४ गते दिल्ली जाने तयारीमा छन् । हाल युरोप भ्रमणमा रहेकी राणा त्यहीँबाट सिधै भारत तर्फ जाने तयारीमा हुनुहुन्छ । दिल्लीमा आयोजना हुने इन्डो–नेपाल इकोनोमिक कन्फरेन्सका क्रममा उनी भारतीय विदेशमन्त्री एस। जयशंकरलगायत उच्च अधिकारीहरूसँग छलफल गर्ने छिन् ।

मुख्य एजेन्डा भने प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी नै रहने स्रोतले बताइएको छ । स्रोतका अनुसार ‘दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा भारतीय विदेशमन्त्रीसँग उच्चस्तरीय भेटघाट गर्ने र प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा छलफल गर्ने मन्त्री राणाको तयारी छ ।’

यसअघि परराष्ट्रमन्त्री राणा गत भदौमा भारत भ्रमणमा जानु भएको थियो । प्रधानमन्त्री मोदीसँग भएको आधा घण्टाको भेटले दुई देशबीचको सम्बन्धलाई महत्व दिएको संकेत गरे पनि त्यसबेला प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिने विषयमा चासो दिएनन् भारतीउ प्रधानमन्त्री मादीले ‘ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस