आज:  | Wed, 29, Jan, 2025

जमानतमा रिहा भए लगत्तै फेरि अदालत परिसरबाटै दुर्गा प्रसाईं पक्राउ

२८ मंसिर २०८१, शुक्रबार ०५:४० मा प्रकाशित ( १ महिना अघि) २२३३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ मंसिर ।

प्रहरीको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई बिहिबार रिहा भएलगत्तै फेरी प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहिबार दिएको आदेश अनुसार साइबर अपराधमा ४० हजार धरौटी बुझाएर हिरासतबाट बाहिर निस्किना साथ उनी अदालत परिसरबाट फेरि पक्राउ परेका हुन्।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रसाईँलाई पक्राउ गरेर प्रहरीले गाडीमा राखेपछी उनका समर्थकले अदालतमा जम्मा भई सरकारमाथि प्रश्न गर्दै प्रसाईंको समर्थनमा नाराबाजी समेत गरेका थिए।

हिजो मात्रै प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा अर्को मुद्दा दर्ता भएको छ। विद्युतीय कारोबार ऐन विपरीतको कसुरको मुद्दा अदालतमा पुगि सकेको हुनाले उनलाई फेरी पक्राउ गरिएको प्रहरीको भनाई छ ।

त्यसो त प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गहिरो स्पमा अनुसन्धान पनि गरिरहेको छ। विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने भन्ने पनि आरोप छ ।

साथै प्रसाईँमाथी ज्यान मार्न सुपारी दिने गरेको भन्न्े सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

यससंगै कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको अप्रमाणित आरोप प्रसाईंले लगाएपछि मंसिर ४ गते प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस