आज:  | Thu, 12, Dec, 2024

लामिछानेको कास्कीसहित पाँच जिल्लामा बयान सकी आज अदालतमा उपस्थित गराइँदै

२७ मंसिर २०८१, बिहीबार १०:४९ मा प्रकाशित ( ४ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनःआज सातौँ पटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ।

यसअघि ६ पटकसम्म म्याद थपिएको चार दिनको म्याद बुधबार सकिएपछि पुन ः म्याद थपका लागि आज कास्की अदालतमा उपस्थित गराउन लागिएको हो। अहिले कार्यालय समय शुरु भइसकेको छ र लामिछानेलाई थप हिरासतमा राख्ने अनुमति माग्नका लागि अदालतमा लगिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्त शर्माले बताउनु भयो ।

उनलाई हिजो पर्साको सहकारी रकम हिनामिना प्रकरणको बयान सकेर बाराको सीमारा विमानस्थल हुँदै काठमाडौं ल्याएर पोखरा लगिएको थियो। ५५ दिनदेखि प्रहरीको हिरासतमा रहेका रास्वपा सभापती एवं पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको रूपन्देही, काठमाडौँ, चितवनको बयान सकिएको थियो ।

यससंगै पर्सा जिल्लामा पनि बयान लिने काम भइसकेको हो। प्रहरीले संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेमाथि अनुसन्धान चलिरहेको छ।

प्रहरीले अनुसन्धान सकेर आउँदो साता जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गर्दैछ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस