आज:  | Sun, 20, Apr, 2025

गएराति जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२७ मंसिर २०८१, बिहीबार ०९:३४ मा प्रकाशित ( ४ महिना अघि) ६०४६ पटक पढिएको
नारी बाटिका


जाजरकोट २७ मंसिर ।

जाजरकोटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । बुधबार मध्यराति जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकमा यात्रु वाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटना भएको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो।

उक्त जीपका चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याए पनि सात जनामध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको डीएसपी पाण्डेले जानकारी दिनु भयो।

सोही दुर्घटनाका घाइतेहरु दुईमध्ये २१ वर्षीय जीवन विकको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात उनलाइ डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस