आज:  | Thu, 12, Dec, 2024

५ वर्ष जेल सजायको माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

२७ मंसिर २०८१, बिहीबार ०६:५२ मा प्रकाशित ( ३ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ मंसिर ।

पछिल्लो समयमा एमालेका पार्टी अध्यक्ष एव्ं प्रधानमन्त्री केपी शर्मा वलीबिचको टंक्करले विभिन्न वहानामा सडक आन्दोलन गर्दै भाईरल बनेका दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अदालतमा अभियोग दर्ता भएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालतमा साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अभियोगपत्र दायर गरेको हो ।

यही मङ्सिर ४ गते पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावीसहित काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ । साथै दफा नं( (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको स्रोतले बताइएको हो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा भिडियो तथा अडियो सामग्री अपलोड गरेको भन्दै उनी पक्राउ परेका थिए । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भैरहेको छ ।

यस्तै प्रसाईंविरुद्धमा भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि निष्कर्ष निकालेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस