आज:  | Wed, 29, Jan, 2025

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती

२७ मंसिर २०८१, बिहीबार १६:०२ मा प्रकाशित ( १ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


पोखरा २७ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतबाट सातौँ पटक म्याद थप गरिएको छ। प्रहरीले ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनु पर्ने अनुमति माग गरेको थियो । तर बिहिबार कास्की जिल्ला अदालतले उनलाई पाँच दिनको म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले आज सातौँ पटक थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

अर्को पटक अदालतमा उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारीका साथ आज अन्तिम पटक म्याद थप गरेको स्रोतले जनाएको छ। सहकारी रकम अपचलनको आरोपमा लामिछानेलाई कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा राखिएको छ। उनलाई वयानका लागि रूपन्देही, काठमाडौँ, चितवन र पर्सा जिल्लामा पनि लगिएको थियो।

सोही प्रकरणमा काठमाडौँबाट पक्राउ परेका उनलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आजै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक र पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी लगायतलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस