आज:  | Wed, 11, Dec, 2024

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

२६ मंसिर २०८१, बुधबार १५:२४ मा प्रकाशित ( १३ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका



काठमाडौं २६ मंसिर ।

आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पु¥याउन आग्रह गरेका हुन ।

कुनैपनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाको रुपमा बुझन नहुने भन्दै उनीहरुले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे ।

सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालय मार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो । बीआरआई ऋण कि अनुदान भन्ने बहस भैरहेका बेला सम्झौताको पूर्णपाठपछि थप व्याख्या हुन थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस