आज:  | Wed, 11, Dec, 2024

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

२६ मंसिर २०८१, बुधबार ११:२९ मा प्रकाशित ( १७ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


सुदूरपश्चिम २६ मंसिर ।

कैलालीको तीन छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकाको हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै मंगलबार राति गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म.२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षाीय चालक हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा सुपप्र०१००११प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस