आज:  | Sun, 22, Dec, 2024

आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपातको प्रक्षेपण

२२ मंसिर २०८१, शनिबार ११:५५ मा प्रकाशित ( २ हफ्ता अघि) ५७२ पटक पढिएको
नारी बाटिका


  1. फाइल तस्वीर

काठमाडौँ २२ मंसिर।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै ,आइतबारदेखि सोमबार(दुई दिन)सम्म वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ ।

हाल पश्चिम नेपालमा यसको प्रभाव बढी पर्न सक्ने जानकारी दिएको छ । विभागले जनाए अनुसार पश्चिम नेपालबाट पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली प्रवेश गर्दैछ । यसले देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि सबैमा आग्रह छ ।

यसैगरी यस प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार)साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने जनाएको छ ।

यससंगै गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुने जनाएको छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले प्रक्षेपण गरेको छ । साथै गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहने विभागले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस