आज:  | Wed, 29, Jan, 2025

नेपाल पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

२२ मंसिर २०८१, शनिबार ०९:१९ मा प्रकाशित ( १ महिना अघि) १४५४ पटक पढिएको
नारी बाटिका


बिबियु
काठमाडौँ २२ मंसिर।
मङ्सिर २८ गते हुन गैरहेको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सुक्रबार सार्वजनिक भएको सूची अनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी दिएका हुन् ।

केन्द्रीय कार्यसमितिका लागि ५२ सदस्यीय रहने व्यवस्था रहेको महाँसंघमा एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिका अनुसार यही मंसिर २८ गतेका दिन शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समय सीमा तोकिएकोे छ ।

साथै उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ भने उक्त उम्मेद्वारीमा आज शनिबार ११ बजेसम्मको लागी दाबी विरोध गर्न सकिने भएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस