बिबियु
धादिङ -२२ मंसिर।
नारी जागरण केन्द्र( एन्,जे.के.ग्रुप)धादिङको आयोजनामा लैंगिक हिंसा नियन्त्रणमा हाम्रो भुमिका विषयक अन्तर्रक्री्रया कार्यक्रम सम्पन्न भएको छ ।
लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा २०८१ नोवेम्वर २५ देखी डिसेम्वर १० सम्म मनाइने अभियान कै अवसरमा नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाको सयुक्त आयोजना र सरोकारवालाहरुको सहभागितामा अन्तर्रक्रीया कार्यधmम गरिएको हो ।
मंसिर १० गतेदेखी सुरु भएको यस १६ दिने अभियानको मुल संयोजन निलकण्ठ नगरपालिका अन्तर्रगतको सामाजिक शाखाले गरेको छ ।यसै अभियानकै सुरुको दिनमा निलकण्ठ नगरपालिकाको संयोजन तथा जिल्लाका सरकारी तथा क्रियासिल गैह्रसरकारी संघ संस्थाको सयुक्त आयोजनामा धादिङवेसीमा प्रभातफेरी भएको थियो ।
मंसिर १८ मा अन्तर्राष्ट्रीय अपांगता दिवसको अवसरमा निलकण्ठ नगरपालिकाद्वारा अपांगता बालबालिका,वडामा मनोसामाजिक तनाव व्यवस्थापन सम्वन्धि कार्यक्रम,नारी जागरण केन्द्य्रद्वारा अभिभावक विहिन बालबालकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नारी जागरण केन्द्र,नारी विकास सहकारी संस्था एव्ं (एन.जे.के.ग्रुप को संयुक्त आर्थिक लागत तथा नारी संन्चारद्वारा संन्चालित यसै मिडिया नारी वाटिका डट्कमको ब्यवस्थापन सहयोगमा केन्द्रद्वारा संन्चालित धादिगवेसीस्थित नारी सुरक्षा भवन( जिल्ला सेवा केन्द्र) मा सुक्रबार कार्यक्रम सम्पन्न गरिएको हो ।
हामी सबैको प्रतिवद्धताःलैंगिक हिंसा अन्त्यको लागी ऐक्ययवद्धता,भन्ने यस वर्षको मुख्या नाराका साथ यही मङ्सिर १० गतेबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्धर्वमा यही मंसिर २६ सम्म कार्यक्रम गर्ने क्रम जारी छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख अनुसार जिल्लामा खासै घटनाको संख्या नबढेतापनि हाल हिंसा गर्ने तरिका र स्वरुपमा परिवर्तन भएको पाईन्छ ।
विशेष गरी हालको समयमा सामाजिक संन्जालको दुरुपयोग गरी तथा विभिन्न माध्यहरुबाट लैंगिक हिंसाका घटना भैइरहेको छ । हिंसा नियन्त्रण गर्न समाजमा जागरण ल्याउने उद्धेश्यले हरेक वर्ष नोवेम्वर २५ देखि डिसेम्वर १०सम्म १६ दिन देशैभर विशेष अभियान सञ्चालन गर्ने गरिएको छ ।
पछिल्लो समयमा खासगरी आफ्ना परिवार,नातागोता र चिनेजानेकाहरुबाटै केही बालिका तथा महिला बलात्कृत हनेको संख्या भने बढ्दो छ ।
विभिन्न प्रकारले परेका हिंसा प्रभावितहरुका लागी विगत २५ वर्षदेखी धादिङमा रहेर प्रभावकारी रुपमा न्यायमा पहुँच पुर्याउने सेवाको काम गर्दै आईरहेको केन्द्रले विगतका वर्षमा पनि वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा समेत सचेतना र सिपमुलक कार्यक्रम संन्चालन गरेको थियो ।
नारी केन्द्रकी अध्यक्ष तथा जेष्ठनागरिक अित्रकुमारी भण्डारीको अध्यक्षता,कार्यक्रम मुल समितिकी संयोजक तथा निलकण्ठ नगरपालिकाकाका सामाजिक विकास आखा अधिकृत उर्मिला थपलियाको प्रमुख आतिथ्यता तथा नगरपालिका महिला,बालबालिका शाखाकी निरिक्षक निर्मला केसीको आतिथ्यता रहेको थियो ।
यसैगरी नारी केन्द्रकी सचिव एव्ं कार्यक्रमको संयोजक सुशीला भण्डारीले संन्चालन गरेको अन्तर्रक्रिया कार्यक्रमको व्यवस्थापनन केन्द्रकी कार्यकारी निर्देशक भगवती उप्रेतीले गर्नु भएको थियो भने स्वागत मन्तव्य नारी विकासकी उपाध्यक्ष प्रमिला घिमिरेले गर्नु भएको थियो ।
जिल्लास्थित लैंगिक हिंसा विरुद्धको सवालसंग सरोकार राख्ने सरकारी तथा गैरसरकारी संस्था तथा ग्रामिण भेगमा रहेका केन्द्रका महिला समुहहरु, नारी विकास सहकारी संस्थाका सन्चालक तथा विभिन्न उपसमितीहरु,केद्य्रका सदस्यहरु,कर्मचारीहरुको सहभागितामा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
केन्द्रले यस वर्ष लैंगिक हिसा बिरुद्धको अभियानमा काम गर्ने वार्षिक योजना अनुसार जिल्लाको विभिन्न पालिकाको वडाहरु, ग्रामिण भेगका महिला समुहहरु,विद्यालयमा विशेष गरी किश्वर किश्वरीहरुमा सचेतनामुलक कार्यक्रम गरेको थियो ।
यससंगै नगरपालिकाभित्र क्रियाशिल रुपमा काम गरिरहेका नारी विबास सहकारी संस्था, नीलकण्ठ महिला सहकारी संस्था,सहारा महिला सहकारी संस्था,मण्डली महिला सहकारी संस्था,रोयम नेपाल,लगायतले यसै अभियानको सन्धर्वमा विभिन्न सचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस