आज:  | Wed, 29, Jan, 2025

महिला हिंसा सह्य नहुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार लागी परेको:गृहमन्त्री

२० मंसिर २०८१, बिहीबार १६:०४ मा प्रकाशित ( १ महिना अघि) ११६३ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं २० मंसिर ।

गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने साथै सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार लागी परेको बताउनु भएको छ ।

आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

स्वदेशभित्र तथा वैदेशिक रोजगारीमा गएका महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउँदै उहाँले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको जानकारी दिनु भयो ।

आधुनिकीकरण संगै विभिन्न प्रविभिले पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाले महिला तथा बालबालिकाहरु निकै प्रताडित छन्,।” गृहमन्त्री लेखकले भन्नु भयो–“ लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढङ्गबाट राख्नु पर्दछ ।”

त्यस्तै गृह्रमन्त्री लेखकले डिभिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुव्र्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताउनु भएको छ ।

साथै संविधानको भावना अनरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकिकृत निर्वाचन विधयेक आगामी संघीय संसदमा पेश हुने गरी गृह मन्त्रालय अघि बढेको गृह्रमन्त्री लेखकको भनाई थियो ।

बिहिबार जातीय आधारमा हुने सबै प्रकारको विभेद, अपमान र सबैखाले हिंसा अन्त्य लगायतका १६ बुदें ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृती महिला महासंघ लगायतका २६ वटा संस्थाका प्रतिनिधिले आज गृह्रमन्त्री लेखक समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस