आज:  | Thu, 05, Dec, 2024

धादिङ अस्पतालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

१९ मंसिर २०८१, बुधबार १५:४१ मा प्रकाशित ( १५ घण्टा अघि) ४० पाठक संख्या
नारी बाटिका



बिबियु

धादिङ १९ मंसिर ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका स्थित धादिङवेशीमा रहेको धादिङ अस्पतालको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मंगलबार आर्थिक वर्षको २०८१।०८२ को चालु आवको सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।

मंगलबार स्वास्थ्य कार्यलय धादिङका डा.गगन अधिकारीको अध्यक्षतामा सम्मन्न भएको कार्यक्रममा सेवाग्राहीहरूको गुनासो, जिज्ञासा, सेवा बारे प्रतिक्रिया सहितको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

वागमती प्रदेश मातहतमा संन्चालित जिल्ला अस्पताल धादिङले आयोजना गरेको कार्यक्रममा सेवाग्राहीहरूले राखेको जिज्ञासा तथा प्रश्नहरूको जवाफ अस्पताल, व्यवस्थापन समितिका अध्यक्ष र कार्यालय प्रमुख डाक्टर गगन अधिकारीले दिनु भएको थियो । कार्यक्रम पत्रकार मनिश दुवाडीले सन्चालन गर्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस