आज:  | Wed, 04, Dec, 2024

नारी जागरण केंद्र र नारी विकास सहकारीको संयुक्त आयोजनामा अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

१८ मंसिर २०८१, मंगलवार १५:४४ मा प्रकाशित ( २१ घण्टा अघि) १२० पाठक संख्या
नारी बाटिका



बिबियु

धादिङ १८ मंसिर ।

नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाको संयुक्त आयोजनामा आज अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आमा बुवा गूमाएका वा आमाको मृत्यु भएका तथा आमाले छोडेर गएका र बावुले दोस्रो विहे गरेपछीको आमा बुवाको मायाँ र हेरचाहबाट बन्चित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो । 

नारी विकास सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष मैयाँ राउतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत तर शैक्षिक सामग्रीको अभावमा पठनपाठनमा समस्या भोगिरहेका १६ वर्ष सम्मका बालबालिकाहरुलाई अध्ययनमा सहयोग पुर्याउनको लागी शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक तथा नारी जागरण केन्द्रका सचिव सुशिला भण्डारीले बताउनु भयो ।

बिबिध कारणले बुवाआमा गुमाएका साथै न्यून आर्थिक अबस्था भएका बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेका हुन् । यतिबेला बालबालिकाको परिक्षा चलिरहेको कारण कार्यक्रममा केही बालबालिककाा सम्रक्षकहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा नारी जागरण केन्द्रका सदस्यहरु,विभन्न उपसमितिका सदस्यहरु,कर्मचारीहरु,नारी विकास सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थितिमा शैक्षिक सामग्री बितरण गरिएको हो । २५ वर्षदेखी महिला बालबालिकामा काम गर्दै आएको केन्द्रले विगत वर्षदेखी नै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, नारी दिवस,संस्थाको स्थापना दिवस आदीको अवसर पारेर विभिन्न अवस्थाका वालबालिकाहरुलाई छात्रवृर्ती तथा शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ ।

साथै केन्द्रले यो कार्यलाई आगामी बर्षमा पनि धादिङका अन्य क्षेत्रका समुदायहरुमा पनि निरन्तरता दिने बताएको छ ।

घर परिवारमा हुने घरेलु हिंसा तथा समाजमा हुने लैंगिक हिंसाले महिला तथा बालबालिकामा निराशाको कारण धेरै समस्याहरु देखापरिरहेको अबस्थामा आफुले पढने चाहना राखेमा आर्थिक अबस्था बाधक नबन्ने र सहयोगी हातहरु हातेमालो गर्न तयार रहेको भन्दै बालबालिकामा देखिएको मानसिक समस्या निराकरणमा समेत केन्द्रले आफ्नो स्थापना कालदेखिनै मोटिभेसनल र मनोसामाजिक परामर्श लगायतका कार्यहरु गर्दै आएको छ ।

केन्द्रले हिंसा प्रभावित वर्ग, विपन्न बालबालिका तथा जेष्ठनागरिक सहयोगार्थ उदाहरणिय कार्य गर्न लक्ष राखेको छ । यस्तै केन्द्रमा विगतमा खडा गरिएको राहत कोषमा संस्थामा आवद्ध विभिन्न मनकारी व्यत्तिहरुबाट प्रदान गरिएको दान,चन्दाबाट केही रकम जम्मा गरिएको र सो रकमबाट यस्तै अबसर पारेर उक्त कोषबाट हिंसा प्रभावित महिला तथा बालबालिकाहरुकै हकहित र भैपरी आउने घटनामा प्रयोग गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक भगवती भण्डारी उप्रेतीले बताउनु भयो । कार्यक्रमको सहजीकरण केन्द्रका सचिव सुशिला भण्डारीले गरेकी हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस