आज:  | Wed, 04, Dec, 2024

उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलको कति सिट आयो ? (विवरण)सहित

१८ मंसिर २०८१, मंगलवार ०८:२२ मा प्रकाशित ( १ दिन अघि) ७९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ मंसिर ।

देशभर रित्त रहेका ४४ पदका लागी आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम सम्पन्न भएको छ । कीर्तिपुर र बेलका नगरपालिका तथा गौरीशंकर र सर्केगाड गाउँपालिकाको नतिजा आएसँगै निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो ।

कीर्तिपुरको प्रमुख (मेयर)मा नेपाली कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी भए । कीर्तिपुरमा कांग्रेसका डंगोल विजयी, माओवादीका महर्जन दोस्रो भएको थियो । यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदमा पुरा भएको हो ।

मुलुकभरका ४४ रित्त पदमा उपनिर्वाचन हुनुपर्नेमा ३ पदमा यसअघि नै सर्वसम्मत भएको थिए। जसमा २ जना जिल्ला समन्वय समिति (जिसस)का प्रमुख तथा १ जना वडाध्यक्ष रहेका छन् । जसले गर्दा आइतबार ४१ पदका लागि उपनिर्वाचन कार्य सम्पन्न भएको छ ।

आयोगका अनुसार कांग्रेसले ओखलढुंगा र कैलालीसमेत गरी २ जिसससहित १ नगरपालिकाको मेयर र १६ वडामा जितेको छ । जम्मा १९ पदमा कांग्रेस विजयी भइ पहिलो स्थानमा छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले १ गाउँपालिकाको अध्यक्ष, २ गाउँपालिकाको उपाध्यक्ष र १ नगरपालिकाको उपमेयर र ७ वटा वडाध्यक्ष,१ सर्वसम्मतसहित)मा विजयी भइ दोस्रो स्थानमा छ । उसले ११ पद हासिल गरेको छ ।

यस उपनिर्वाचनको तेस्रो रुथानमा परेको नेकपा (एमाले)ले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजय हासिल गरेको आयोगले जनाएको छ । एमाले जम्मा ८ पदमा विजयी भएको हो ।

त्यस्तै जसपा नेपालले २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १, नेकपा (एकीकृत समाजवादी)ले १, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजयी हासिल गरेका छन् ।

समग्रमा धेरै स्थानमा जिते पनि कांग्रेसले पहिले जितेका केही महत्त्वपूर्ण पद र क्षेत्रमा गुमाएको छ । कीर्तिपुर नगरपालिकाको मेयर बचाउँदा पनि कांग्रेस पुर्व अवस्थामा आउन सकेन ? पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिन पाएको रास्वपाले काठमाडौं–१६ को अध्यक्षमा विजयी भएको छ । त्यहाँ रोजिना श्रेष्ठ विजयी भइन् । त्यहाँ पनि पहिले कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । यद्यपि रास्वपाले पनि सोचेजस्तो परिणाम भने ल्याउन सकेन ।

यो उपनिर्वाचनको परिणामले माओवादीलाई फाइदा भएको छ भने एमालेमाघाटा लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस