आज:  | Thu, 26, Dec, 2024

प्रधानमन्त्री ओलीसहित ८७ जनाको टोली आज चीन भ्रमणमा जाँदै

१७ मंसिर २०८१, सोमबार ०६:२४ मा प्रकाशित ( ३ हफ्ता अघि) ४९३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ८७ जनाको टोलि लिएर जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा निजी क्षेत्रका उद्योगपतीसहित ८७ जनाको टोलिको साथमा शोमबार म्रधानमन्त्री वली चिन जाँदै हुनुहुन्छ । उहाँ यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको हो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यसुचि रहेको छ।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेट गर्ने तालिका छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको छ। त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य जाँदै छिन् । त्यस्तै प्रधानमन्त्रीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी लगायत सहभागी हुनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस