आज:  | Wed, 04, Dec, 2024

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु

१६ मंसिर २०८१, आईतवार १६:२३ मा प्रकाशित ( २ दिन अघि) १५२ पाठक संख्या
नारी बाटिका


दाङ १६ मसिर ।

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर पाँच जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको हो।

उक्त स्थानमा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू सोही पुलका सामानले पुरिएका थिए। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो। पुल निर्माणमा सात मजदुर खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुईजना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस