आज:  | Thu, 26, Dec, 2024

बिचौलियाको काम गरेको आरोपमा १८ जना पक्राउ

१५ मंसिर २०८१, शनिबार ०५:१८ मा प्रकाशित ( ३ हफ्ता अघि) ३४८ पटक पढिएको
नारी बाटिका


पर्सा १५ मंसिर ।

यातायात क्षेत्रमा बिचौलियाको काम गरी यात्रुलाई हैरान दिने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्सा वीरगन्ज बसपार्क क्षेत्र तथा यातायात कार्यालयमा यात्रुहरूलाई विगतदेखी नै यसरी हैरानी दुःख दिने १८ जनालाई पक्राउ गरेको हो ।

ति बिचौलियाहरुले वीरगञ्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भन्दै पैसाको मोलमोलाइ गर्ने, कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी काम मिलाइदिन्छु भनी प्रलोभनमा पारी कानून विपरीत सेवा शुल्क लिने १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै पर्साका १५ जना छन् । साथै रौतहट, गोरखा र भारतको बिहारका एक(एक जना रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनु भयो । उनीहरूमाथि शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले लामो समयदेखी बिचौलियाको काम गरेको उजुरीको आधारमा अनुगमन गर्दा पनि उनीहरुको कृयाकलाप शंखास्पद देखिएपछि पक्राउ गरिएको पनि पर्सा प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस