आज:  | Thu, 26, Dec, 2024

प्रधानमन्त्री र रास्वपाका प्रमुख सचेतक परियारबीच गोप्य भेटवार्ता

१४ मंसिर २०८१, शुक्रबार ०६:५९ मा प्रकाशित ( ३ हफ्ता अघि) ४८७ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारबीच मंगबार सिंहदरबारमा भेटवार्ता भएको थियो ।

रास्वपाका प्रमुख सचेतक परियारले प्रधानमन्त्रीसँगको भेटमा सभापति रवि लामिछानेको मुद्दा तत्काल अदालत पुर्‍याउन माग गरेका छन् । आफ्ना पार्टी सभापती रवीलाई प्रहरीले हिरासतको बसाई लम्ब्याउँदै लगेको र अनुसन्धानको बहानामा एकपछि अर्को जिल्लामा पठाइएको उनको गुनासो थियो ।

‘परियारले भने सभापतिज्युलाई हिरासतमा राख्नु भएको छ । अदालतमा बुझाउने हो कि लामो समय हिरासतमा नै मात्रै राख्ने ’ भन्दै प्रधानमन्त्री ओलीलाई सचेतक परियारले प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले प्रहरीले अनुसन्धान गरिरहेको र प्रहरीले आफु अनुकुल अदालती पक्रियामा लैजाने बताउनु भएको थियो । सभापति लामिछाने विरुद्ध प्रमाण भन्दै मिडिया ट्रायल गर्ने कार्य प्रहरीबाट भइरहेकाले यस्ता कार्यलाई रोकथाम गर्नुपर्ने परियारले माग राखे ।

‘हाम्रा सभापतिलाई खुइल्याउन सकिने विषय मिडियामा ट्रायलका रूपमा आइराखेको छ । अर्कोतर्फ हिरासतमा कहिलेसम्म राख्ने भन्ने पनि टुंगो भएन’, उनको गुनासो थियो ।

यस्तै सो को जवाफमा प्रहरीले गरिराखेको अनुसन्धानलाई प्रभावित पार्ने काम आफूबाट नहुने र प्रहरीले निश्चित समयमा मुद्दा अदालतमा लैजाने भएकाले यो प्रक्रियाप्रति फरक मत राख्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

त्यसपछि प्रमुख सचेतक परियारले जतिसक्दो छिटो सभापति लामिछाने विरुद्धको मुद्दा अदालती पक्रियामा लैजाने वातावरणका लागि भूमिका खेलिदिन प्रधानमन्त्री ओलीसित अनुनय विनय गरेका छन् ।

सचेतक परियारले भने आफुहरु अदालती पक्रिया फेस गर्न तयार रहेको बताउँदै उनले भने, ‘प्रमाण यी छन् भनेर प्रचार गर्नुभन्दा त्यो प्रमाण हो कि होइन भनेर अदालतले पुष्टि गर्ला । सभापतिलाई हिरासत लम्ब्याइरहने भन्दापनि अदालत पेश गरे भइहाल्यो ।’

यसपनि कात्तिक १२ मा प्रधानमन्त्री ओलीलाई रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक परियारले भेट गरेका थिए । तर, यसपटक भने प्रधानमन्त्रीसँग सचेतक परियारले एक्लै भेट गर्नुले पनि यस भेटलाई अर्थपूर्ण रुपमा ल्एिको छ ।

सहकारीको रकम अपचलन गरेको प्रकरणमा गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका सभापति लामिछानेलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने कार्य जारी छ । उनी हाल एक महिनादेखि कास्की प्रहरीको हिरासतमा नै छन् ।

सभापती रवी विरुद्ध काठमाडौं, चितवन र रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ । हिरासतकै क्रममा रुपन्देही लगेर उनको बयान लिइएको थियो भने काठमाडौंमा पनि बयानको लागी ल्याउने प्रहरीको तयारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस