आज:  | Mon, 25, Nov, 2024

भैँसेपाटीमा‘हनी ट्रयाप’ घुस प्रकरणमा एसपी थापामाथि पनि छानबिन हुने संकेत

१० मंसिर २०८१, सोमबार ०३:१७ मा प्रकाशित ( ३ घण्टा अघि) ४३ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० मंसिर ।

प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनु शाहीमाथी लागेको भैँसेपाटीस्थित जग्गा किनबेचमा हनी ट्रयाप’ मा पारी घुस प्रकरणमा यतिबेला फरार छिन् । सोही प्रकरणमा एसपीमाथि पनि छानबिन हुने संकेत देखिएको छ ।

ललितपुर जिल्ला अदालतमा भैँसेपाटीमा भएको ‘हनी ट्रयाप’ घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै आइतबार प्रहरी उपरीक्षक (एसपी)कमल थाप विरुद्धमा समेत मुद्दा दर्ता भएको छ । उपरीक्षक (एसपी) थापामाथि समेत छानबिन गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको हो ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर)बिनुकुमारी शाही यस घटनाको प्रमुख भूमिकामा रहेको तथ्यसहित पिडितले ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गराएको छ । (इन्स्पेक्टर)बिनु शाहीलाई सङ्गठित अपराध र आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाइएको हो । तर, उनी हाल फरार छिन् ।

तत्कालीन भैँसेपाटी प्रहरी प्रभागकी प्रमुख रहेकी शाहीमाथि पक्राउ पुर्जी समेत जारी भइसकेको छ । सोही घटनामा इटहरीका ताज इस्लाम, दर्शन पोखरेलसहितको समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारी ३० लाख रुपैयाँ असुल्ने प्रयास गरेको खुलेको थियो ।

निज व्यवसायीलाई ब्ल्याकमेल गरेर १० लाख रुपैयाँ खातामा ट्रान्सफर गराई सकिएको थियो भने बाँकी रकमको चेक प्रहरीले बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस