आज:  | Sat, 23, Nov, 2024

मानव बेचबिखन गरेको आरोपमा चितवनबाट १ जना पक्राउ

८ मंसिर २०८१, शनिबार १३:३१ मा प्रकाशित ( ४ घण्टा अघि) ३२ पाठक संख्या
नारी बाटिका


चितवन ८ मंसिर ।

मानव बेचबिखन गरेको आरोपमा चितवनबाट १ जना पक्राउ परेका छन् । निज युवकले ५ जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ घर भएका ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनले थिङलाई नारायणगढ बाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिनु भयो । प्रहरी प्रमुख मिश्रका अनुसार विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली तर्फ जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो ।

,थिङले युवतीहरुको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो । भारत बाटै विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।” मानव बेचबिखनको यो नयाँ स्वरुप भएको उहाँको भनाई छ ।

प्रहरी प्रमुख मिश्रले भन्नु भयो, “थिङ्को नियत खराब भएको थाहा पाएपछि पिडितका आफन्त मार्फत प्रहरीलाई खबर गरेका थिए ।” थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवन बाट चार दिनको म्याद थपगरी थप अनुसन्धान शुरु गरिएको छ । साथै पिडित युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस