आज:  | Thu, 21, Nov, 2024

शत्तिशाली दोलखा भीमेश्वर मन्दिरको जग्गा व्यक्तिले हडपेपछी जग्गा खोज्न तदर्थ समिति

४ मंसिर २०८१, मंगलवार ०४:५७ मा प्रकाशित ( २ दिन अघि) ९० पाठक संख्या
नारी बाटिका


दोलखा ४ मंसिर ।

शक्तिशाली एव्ं प्रसिद्ध दोलखा भीमेश्वरलाई प्रत्येक वर्ष कार्तिक महिनाको पूर्णिमाको दिन महास्नान गराउन परापूर्व कालदेखि सक्रिय महास्नान गुठी विगत केही वर्ष देखि निष्क्रिय बनेपछि परम्परागत उक्त संस्कृति अघि बढाउन समस्या हुने भएको छ ।

परम्परागत संस्कृति अनुसार प्रत्येक वर्षको कार्तिक महिनामा पर्ने पूर्णिमाको दिन भीमेश्वर मन्दिरमा गुठियारको तर्फबाट तोरीको तेल, मह, दही, दूध लगायतले महास्नान गराउने र राँगो काट्ने प्रचलन रहेको छ । त्यसरी महास्नान गरेर राँगो काटेपछि चारदिनसम्म बलि पूजा नचल्ने परम्परा छ ।

तर पछिल्लो समयमा महास्नान गुठी निस्कृय बनेको र तत्कालीन गुठियारहरुले २०५१ सालको नापीमा गुठीको जग्गा व्यक्तिको नाममा गरेपछि आयस्रोतको समेत अभावमा महास्नान र खड्गेजात्रामा समस्या देखिएकोले महास्नान गुठी सञ्चालनको लागि गुठीयारहरु कै पहलमा ८५ वर्षीय ज्येष्ठ नागरिक भीमसेन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको बताइएको छ ।

साथै सो समस्या निवारणका लागी हालै गठन भएको समितिको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतको सहभागितामा तदर्थ समिती निमार्ण गरिएको हो ।

देशकै चर्चित तथा शक्तिपिठ मध्यकै शत्तिशाली यस मन्दिरको उचित व्यवस्थापनमा समस्या बड्न थालेपछी गुठियारहरुकै भेलाले तदर्थ समिति निर्माण गरी सो समितिलाई सक्रिय र आधिकारिक बनाई काम गर्न तत्कालै सरकारको आधिकारीक निकायमा महास्नान गुठीको नाममा दर्ता गर्ने भेलाले सुझाव दिएको थियो ।

साथै विहार्छे तथा डाँडाथोक टोलमा रहेको महास्नान गुठीको नामको जग्गा– जमिनको खोजिगरी पुनः त्यसलाई गुठिलै नाममा ल्याउन पहल गर्ने निर्णय गरेको तदर्थ समितिको महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस