आज:  | Wed, 22, Jan, 2025

कांग्रेसद्वारा ढुंगानको निधनमा गहिरो दुःख ब्यक्त,२दिन पार्टीको झण्डा आधा झुकाउने

३ मंसिर २०८१, सोमबार १५:३० मा प्रकाशित ( २ महिना अघि) ११७३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ मंसिर ।

नेता ढुंगानाको शोकमा नेपाली कांग्रेसले आज र भोली २ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आज सोमबार बिहान कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बसेको बैठकले पूर्व सभामुख दमननाथ ढुंगानको निधनमा गहिरो दुःख व्यक्त गर्दै २ दिनसम्म (मंसिर ३ र ४ गते) पार्टीको केन्द्रीय कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको हो ।

त्यसैगरी ढुंगानको निधनमा भोली मंसिर ४ गते मंगलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । उक्त बैठकले कांग्रेस नेता ढुंगानको निधनको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजन गर्ने समेत निर्णय गरेको छ ।

कलेजोको समस्याका कारण केही समयदेखि अस्पतालमा उपचाररत पूर्वसभामुख ढुङ्गानाको काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । ढुंगानाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । हाल उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा राखिएको छ ।

नेपाल सरकारले राजकीय सम्मानका साथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवन पर्यन्त वकालत गरेका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्न समेत उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।

मुलुकको राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका ढुंगाना संविधान र कानुनका ज्ञाता समेत हुनुहुन्थ्यो । विसं २०४८ मा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ढुंगाना प्रतिनिधिसभाको सभामुख बन्नु भएको थियो ।

नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न ढुंगानाको उल्लेखनीय योगदान रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस