आज:  | Thu, 21, Nov, 2024

निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी हुँ भन्ने व्यक्ति र धमला प्रहरीको नियन्त्रणमा

१ मंसिर २०८१, शनिबार ०८:५० मा प्रकाशित ( ५ दिन अघि) ६८ पाठक संख्या
नारी बाटिका


काठमाडौं – १ मंसिर ।

लामो समयसम रहस्यमय रहेको निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी हुँ भन्ने एक व्यक्ति पक्राउपछि फरार भएका छन् । घटनाको सम्वन्धमा निज व्यक्तीसंग आफ्नो टेलिभिजनमा अन्तर्रवार्ता लिने पत्रकार ऋषि धमलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । आजसम्म निर्मला पन्तको बलात्कार गरी हत्या गरिएको जस्ता जघन्य अपराधको घटना देशकै लागी निकै ओझिलो सवाल बनेको गम्भीर अपराधबारे टेलिभिजनमा अन्तर्रवार्ता लिएर अफवाह फैलाएको आरोपमा धमला समेत पक्राउ परेका हुन् ।

गोरखा स्थायी घर भएर काठमाडौं बस्दै आएका नवराज अर्याललाई निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी आफ हुँ भनेर दाबी गर्ने ति व्यक्तलाई मङ्गलबार प्रहरीले पक्राउ गरिएको थियो । तर, हाल उनी फरार भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीका अनुसार अर्याललाई सम्बन्धित विषयमा ४ घण्टा सोधपुछ गरेर सुक्रबार उपस्थित हुने सर्तमा छाडिएको थियो ।

निज अर्याले मोबाइल घरमै छाडेर फरार भएका छन् । “उहाँको भनाइसँग वास्तविकता मिलेको छैन । उहाँका कुराहरू काल्पनिक जस्तै देखिन्छन् । सुक्रबार फेरि उपस्थित हुने सर्तमा छाडेका थियौँ,” बोगटीले भन्नु भयो । प्राइम टेलिभिजनका संन्चालक ऋषी धमलाको अन्तर्वार्तामा पुगेका अर्यालले आफूले १६ जना मन्त्रीको गाडी चलाएको र त्यही क्रममा कञ्चनपुर पुग्दा त्यो घटना देखेको दाबी गरेका थिए ।

त्यस्तै खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने ति व्यक्तिले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ । उनले ऋषि धमलालाई समेत ढाँटेर अन्तरवार्ता दिएको हुनसक्ने बताइएको छ ।

टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला समेतलाई सीआईबीले नियन्त्रणमा लिएको थियो । एक स्रोतका अनुसार, ‘अन्तरवार्तामा प्रसारित सामग्रीको विषयमा सोधपुछको लागि मात्र बोलाएका हौँ । उहाँसँग काम सकिएपछि घर जानुहुनेछ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस