आज:  | Fri, 15, Nov, 2024

देशै बेच्न लागेका ‘नेताहरूलाई काठमाडौं महानगरपालिकाका भने बेच्न नदिनेःबालेन

३० कार्तिक २०८१, शुक्रबार १२:१५ मा प्रकाशित ( ३ घण्टा अघि) ३३ पाठक संख्या
नारी बाटिका


काठमाडौं – ३० कात्तिक ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूले देश नै बेच्न लागेको अवस्थामा पनि आफुले काठमाडौं महानगरपालिकालाई बिक्री हुन नदिने बताएका छन्। सरकारले मेयर बालेनले जनताका हितमा गरेका काममा असहयोग र अवरोध गरेको भन्दै उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

‘नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो,तर काठमाडौं महानगरपालिका भने बिक्रीमा छैन’,उनले लेखेका छन्, ‘तपाईँहरुले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

नेपवेस्ट नामको निजी कम्पनीले महानगरको फोहोर व्यवस्थापनमा अवरोध गरेको र त्यसलाई राजनीतिक नेतृत्वले सहयोग पुर्‍याएको भन्दै उनले अदालतको आदेशबाट त्यो अवरोध हटेको बताएका हुन्। यस्तै बालेनले लेखेका छन् अब पनि महानगरको काममा अवरोध पुर्‍याउने प्रयास हुने आशंका व्यक्त गरेका छन्। साहले फोहोरमा राजनीति गर्ने दिन सकिएको भन्दै राजनीतिक दाउपेच छाडेर महानगरको कार्यमा सहयोगी बन्न अनुरोध समेत गरेका छन्।

‘सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको अवरोध केही हदसम्म समधान हुन लागेको छ। फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ’, उनले लेखेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्। तर हामी रोकिने छैनौँ।

यस्तै फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनः जानकारी गराउँछौँ। यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ।’ उनले काठमाडौंको फोहोर व्यवस्थापनको दिगो समाधन रहेको पनि दाबी गरेका छन्। समस्या समाधानको बाटोमा आफू कसैसँग नझुक्ने उनको धारणा रहेको बताए। ‘

हामी स्पष्ट छौँ, काठमाडौंको फोहोरको दिगो समाधान सम्भव छ। यो काठमाडौंको अधिकारको कुरा हो। हामीले फोहोर थुपारेर वर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरेडाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो’, उनले भनेका छन्, ‘यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो। हामी समस्या समाधानको बाटोमै छौ अवरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बढ्नेछौँ।’ भनेर आफ्नो धारणा व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस