आज:  | Thu, 14, Nov, 2024

पर्यटन प्रवर्धनमा गएका डि.व.का. प्रमुखसहितको टोली बिचमै विमारी परेपछी सेनाको हेलिकप्टरद्वारा उद्धार

२९ कार्तिक २०८१, बिहीबार १५:०७ मा प्रकाशित ( १३ घण्टा अघि) ५३ पाठक संख्या
नारी बाटिका


धादिङ – २९ कात्तिक ।

पर्याटन प्रवर्धनको उद्देश्यले १० दिने भ्रमणमा गएका जिल्ला वन कार्यलय धादिङका टोली लेक लागेर विरामी परेका छन् । उनीहरु धादिङको रुवीभ्याली गाउँपालिका–४ बगम भन्ने स्थानमा विरामी भएर अलपत्र परेका थिए । डिभिजन बन अधिकृत सहितको कर्मचारी टोली लेक लागेर यात्रा गर्न नसक्ने अवस्थामा परेपछी बिहिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली कात्तिक २२ गते १० दिनका लागि रुवीभ्याली यात्रामा गएका थिए । उनीलाई हाइ अल्टिच्युट र चिसोका कारण लेक लागेर बिरामी परेपछी सोमबार रातीदेखि सोही स्थानमा फसेका हुन् ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगानाको आज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । उनीहरुलाई रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको हिन्दुङ हुँदै काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनएको छ । लेक लागेर डिभिजन वन कार्यलय प्रमुखसहित अन्य यात्रामा गएकाहरु विरामी परेपछि गणेश हिमाल बेसक्याम्प नजिकबा आज सेनाको हेलिकप्टरले उद्धार गरेको हो ा

बुधबार दिनभर उद्धारको प्रयास भएपनि खराब मौसमका कारण ल्याण्ड गर्न नसकेर सेनाको हेलिकप्टर यसै फर्किएको थियो । हाइ अल्टिच्युट र चिसोका कारण लेक लागेर उनीहरु ३ दिनदेखि स्वास्थ्य समस्यामा परेका हुन् । पर्यटन प्रवर्धन गर्न र अध्यायन अनुसन्धान गरि सो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नका लागि तिप्लिङको लिंजो हुँदै उक्त टोली गएका थिए। गणेश हिमाल र प्यालदोर हिमालको फेदीबाट बेसक्याम्पतिर जानेक्रममा उनिहरु बिरामि परेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस