आज:  | Thu, 14, Nov, 2024

रविको बयान आज पनि जारी,बयानपछी काठमाडौं ल्याउने तयारी

२८ कार्तिक २०८१, बुधबार ०८:४० मा प्रकाशित ( १ दिन अघि) ४१ पाठक संख्या
नारी बाटिका


भैरहवा२८ कात्तिक।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही अदालतमा आज पनि बयान हुने भएको छ। उनीसंग रुपन्देहीमा मंगलबार करिब पाँच घण्टा लामो बयान लिएको थियो । साथै हिजो लिएको बयान नसकियपछी आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः बयान लिएने रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला महान्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना महान्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा पुर्वगृह्रमन्त्रीसमेत रहेका लामिछानेसंग बयान जारी छ। बयान सकिएपछि गए राति लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो।

मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको सबै आरोप मात्रै हो भन्दै अस्वीकार गरेका छन्। उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजनीतिक पूर्वाग्रहले फसाइएको बयानका क्रममा बताएका छन्।

उनलाई पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ मा काठमाडौबाट पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप लाग्दै आएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

सोही प्रतिवेदन अनुसार,बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख गरिएको छ।

जिल्ला अदालत कास्कीले आइतबार लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रो पटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।

उनी विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, सङ्गठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस