आज:  | Thu, 14, Nov, 2024

राष्ट्र बैंकले निर्देशक आचार्यलाई बर्खास्त गर्ने निर्णय अदालतले बदर गरिदियो

२८ कार्तिक २०८१, बुधबार ०६:३३ मा प्रकाशित ( १ दिन अघि) ४६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ कात्तिक।

नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयलाई प्रशासकीय अदालतले बदर गरेको छ। अदालतका अध्यक्ष डिल्लीराज घिमिरे,सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले मंगलबार आचार्यलाई सेवाबाट बर्खास्त गर्ने निर्णयलाई वदर गरिदिएको हो ।

मंगलबार उक्त अदालतले राष्ट्र बैंक सञ्चालक समितिको निर्णयलाई बदर गर्ने फैसला गरेको थियो। बैंकमा कार्यरत एक उच्च पदस्थ महिलामाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै बैंकको सञ्चालक समितिको बैठकले २०८० चैत ६ गतेका दिन आचार्यलाई भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।

नगरकोटस्थित होटल माउन्टेन मिस्टिकमा २०८० पुस २७ गते बैंकद्वारा आयोजित तनाव व्यवस्थापन सम्बन्धी आयोजित एक कार्यक्रमका क्रममा हलमा खाजा खाइरहेका बेला आचार्यले यौन दुर्व्यवहार गरेको भन्दै बैंकमा कार्यरत एक कर्मचारी पीडित महिलाको आरोप लागेको थियो ।

पीडित महिलाले भने आफूलाई आचार्यले दुर्व्यवहार गरेको समयमा आचार्यसँगै बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा कार्यकारी निर्देशक देवकुमार ढकाल पनि संगै रहेको बताउँदै आएकी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस