आज:  | Thu, 21, Nov, 2024

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

२७ कार्तिक २०८१, मंगलवार ०३:५७ मा प्रकाशित ( १ हफ्ता अघि) ६१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ कात्तिक।

निर्वाचन आयोगले मंसिर १६ गते हुन गैरहेको स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा आयोगले नियुक्त गरेको हो ।

यसैगरी ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई पनि निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनु भयो ।

उपनिर्वाचन सम्पन्न गर्नको लागी नियुत्ती पाएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुले निर्धारित कार्यतालिका अनुसार कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थान स्थान निर्धारण गर्नेछन् ।

साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन पनि सुरु गर्ने जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस